स्वास्थ्य मन्त्रालयद्वारा बजारमा उपलब्ध सबै अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई बजारमा उपलब्ध भएको सबै अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी सहित आइतबार बसेको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रको बैठकले बजारमा उपलब्ध भएका अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मन्त्रालयले विभागलाई बजारमा उपलब्ध भएसम्मका अधिकतम थप ठूलो अक्सिजन सिलिन्डर र पुनः भर्न मिल्ने खालका कन्टेनर सहितका १०० वटा साना सिलिन्डरहरु पनि याथासिघ्र खरिद गर्न निर्देशन दिएको छ।

यस्तै कोभिड संक्रमण  रोकथाम तथा नियन्त्रण सम्बन्धि आदेशको १६ (घ) मा उल्लेख भएको व्यवस्था अनुसार सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्यसंस्था जनशक्ती, औजार उपकरण भवन तथा  अन्य स्थान स्वास्थ्य सेवा र कार्यको लागि प्रयोग गर्न सबै सामाजिक विकास मन्त्रालयहरुसँग समन्वय गरी विभागले आवश्यक व्यवस्थापन यथाशिघ्र गर्न निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *