नियन्त्रण उच्चस्तरिय समितिको ८ बुँदे काम

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
काठमाडौं, ३ भदौं


सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन तथा नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ। समितिलाई मुख्य ८ बुँदे काम तोकिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णय अनुसार गठन भएको ९ सदस्यीय समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल छन् भने सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंह छन्।

यस्ता छन् उच्चस्तरिय समितिको ८ बुँदे काम
१। कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित अन्तराष्ट्रिय सीमानामा हेल्थ डेक्क संचालन, ट्रेसिङ , क्वारेन्टाइन, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आपूर्ति तथा अभियान संचालन, औषधि, औजार– उपकरण खरिद तथा आपुर्ति व्यवस्थापन लगायतका विषयमा नीतिगत निर्णय गर्ने

२। कोभिड बाहेकका नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहलाई सुचारू गर्न आवश्यक नीतिगत निर्णय गर्ने

३। सबै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने

४। आर्थिक तथा मानव श्रोत परिचालन गर्ने आवश्यक निर्णयहरू गर्ने र कार्यान्वयनका लागि सहजीकरण गर्ने

५। सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत निर्णय गर्ने

६। दातृ निकाय, विकास साझेदार, अन्तराष्ट्रिय संघ–संस्था, गैरसरकारी निकाय, निजी संघ–संस्थासँथ समवन्य गरी प्राविधिक तथा आर्थिक सहयोगलाई उपलब्धिमुलक ढंगले परिचालन गर्ने

७। विषय विज्ञहरू सम्मिलित विज्ञ समूह गठन गरी प्राविधिक विषयमा सरसल्लाह र सुझाव लिने।

८। कम्तिमा हप्ताको दुई पटक बैठक बसी कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण र नियमित स्वास्थ्य सेवा प्रवाह सम्बन्धी उत्पन्न समस्याहरूको समाधान गर्ने।

समितिका सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा रुद्र मरासिनी रहेका छन्। समितिको सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी छन्।उच्चस्तरीय समितिको सचिवालय सञ्चालनका लागि कार्यसमूह पनि गठन भएको छ। कार्यसमूहमा डा गुण निधि शर्मा, यशोदा अर्याल, भिम प्रसाद सापकोटा, डा अमृत पोख्रेल र रविकान्त मिश्र रहेका छन्। कार्यसमूहको संयोजक डा गुण निधि शर्मा हुन् भने सदस्य सचिव मिश्र हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *