२०७७ साल साउन २८ गते बुधबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २८ साउन

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएको काम पुरा हुने छ । जोश जाँगर उमंग बढेर जाने छ । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा मन जाने छ । पढाइ लेखाइमा विशेष रुचि प्राप्त होला । धार्मिक यात्राको योग रहेको छ । प्रेम प्राप्त गर्न सकिएला ।

बृष( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) मनलाई भावुक र उत्ताउलोपन बनाउने छ । अनावश्यक ठाउँमा धन खर्च हुने छ । जिदिपनले गर्दा काम विग्रिने डर रहेको छ । आशााहरु निराशामा परिणत हुने छ । यात्रा गर्दा सचेत रहनुहोला चोटपटकको भय रहेको छ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नाे क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । शत्रु पराजित हुने छन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ । स्वाथ्यप्रति भने निकै नै सजग रहनुपर्ने छ । यात्रा गर्दा ध्यान दिनु होला । आज तपाईको दिन मिश्रित नै रहेको छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,ड) प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । पारिवारिक साथ सहयोगले उलेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरीत वर्गबाट सहयोग मिल्ने छ । बाबु आमाको सद्भाव माया र झनै बढेर जाने छ।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेमिको सहयोग पाइने छ । नजिकको मित्रसँग भेट हुने छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै यात्राको योग पनि देखिन्छ । शान्ति र कान्ति ठहरिने छ । विपरीत वर्गप्रति आकर्षण रहेको छ । अनुहारमा कान्ति र शान्ति छाउने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,त ) स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउदै नयाँ कामको थालनी गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ भने स्कूल कलेजमा गरीएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भ)  व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरीने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकास हुनेछ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा) पठन पाठनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आज मिष्ठान्न भोजनको अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । सहयागी हातहरु फैलिने छन् । सुखद यात्राको योग रहेको छ । कार्यसफलतामा हात लाग्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *