भक्तपुरको सिद्धपोखरी र नःपुखुमा आजबाट नौका बिहार (डुंगा) सञ्चालन

पर्यटन मनोरञ्जन विशेष समाचार समाचार

भक्तपुर, १६ पुस


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर वडा नं. १ सिद्धपोखरीमा बुधबार नौका बिहार (डुंगा सञ्चालन) को बुधबार उद्घाटन गरे ।


उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले सिद्धपोखरी पुनःनिर्माण र जीर्णोद्धारको समयको स्मरण गर्दै पोखरीलाई नयाँ जीवन दिन भक्तपुर नपाका जनप्रतिनिधि र स्थानीय जनताको उल्लेखनीय सहयोग प्राप्त भएको बताए ।


भ्रमण वर्षको अवसर पारी भक्तपुर नगरपालिकाले भक्तपुरको सिद्धपोखरीमा नौका बिहार (डुंगा सञ्चालन) मा ल्याएको बताउदै उनले ढुंगा सञ्चालनलाई व्यवस्थित बनाउन कार्यविधि नै बनाएर अगाडि बढ्ने बताए ।


भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भने – भक्तपुरको पोखरीहरूलाई जीवन प्रदान गर्न पोखरीहरुमा ढुंगा सञ्चालन गरी नौलो कामको सुरुवात गरेको हो ।
भक्तपुर नपा वडा नं. १ का पूर्व वडाध्यक्ष लक्ष्मीनारायण राजलवटले सिद्धपोखरीमा धेरै वर्ष अगाडि पनि डुंगा सञ्चालन गरेको इतिहास रहेको बताउदै पोखरीको चारै दिशामा हरियाली प्रवद्र्धन र सरसफाइ व्यवस्थापनमा नगरपालिकाको ध्यानाकर्षण गराए ।


कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोलेको थियो ।


भक्तपुर नगरपालिकाले भ्रमण वर्ष २०२० को अवसरमा बुधबार बेलुकी सिद्धपोखरी र कमलपोखरीमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *