न्यूज अपडेट
काठमाडाैं, २६ साउन

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका घर भएका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो ।
याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।