२४ घण्टायता १४३७ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज  अपडेट

काठमाडाैं, ११ मंसिर

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ सय ८० जना क्वारेन्टाइनमा छन्।  नेपालमा १६ हजार ७ सय ९३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *