सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुको भेला सम्पन्न

शिक्षा समाचार

भक्तपुर, १९ मंसीर


भक्तपुर नगरपालिकाको आयोजना भएको सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलामा बोल्दै प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान २०७२ बमोजिम भनपाले शिक्षा ऐन बनाइ लागू गरेको जानकारी दिदै भक्तपुरका सामुदायिक विद्यालयहरुका शिक्षकहरुको लगनशीलता अनुकरणीय रहेको बताए ।
उनले अवकाश प्राप्त शिक्षकहरुको अनुभवलाई उपयोग गर्नुपर्ने उल्लेख गर्दै विद्यालयको कमाण्डर प्रधानाध्यापक हुने भएकोले विद्यालय राम्रो बनाउने जिम्मा पनि प्रअमै निहित हुने बताए ।
प्रमुख प्रजापतिले विद्यालयले शिक्षकहरुलाई क्षमता अनुसारको जिम्मा लगाई कार्य गराउनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय र शिक्षक÷शिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।
कार्यक्रममा भनपा–५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले आधारभूत परीक्षा प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि कक्षा ८ को प्रश्नपत्र निर्माणकर्ता र उत्तरपुस्तिका परिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम छिट्टै सञ्चालन गरिने जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले केन्द्रबा निर्देशित नीतिहरु स्थानीय तहबाट आवश्यकतानुसार परिवर्तन गर्नुपर्नेमा जोड दिदै एउटा विद्यालयको असल अभ्यास अर्को विद्यालयसँग साटासाट गर्नुपर्ने बताए ।
कार्यक्रममा भनपा शिक्षा शाखाका उपसचिव हरिप्रसाद निरौलाले शिक्षकहरुले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउदै समाजलाई सुसंस्कृत र विकासित तुल्याउन स्थानीय पाठ्यक्रमलाई विशेष जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा सार्वजनिक परीक्षा समितिका गंगाधर हाडा, संयुक्त परीक्षा समितिका अम्बिका न्याईच्याई र नपा शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले पनि बालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *