भक्तपुर नगरपालिकामा मालपोत कर र घर—जग्गा दररेटसम्बन्धी अभिमुखीकरण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २५ साउन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते कोभिड १९ संक्रमणको जोखिमका कारण भक्तपुर नगरपालिकाको आम्दानीमा कमी आएको हुँदा नगरपालिकाले हरेक काममा मितव्ययीता अपनाउनुपर्ने बताएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न आर्थिक वर्ष २०७७÷७८ को लागि निर्धारित मालपोत कर र घर—जग्गाको दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले कर्मचारीहरुको व्यवहारले जनतालाई खुशी बनाउनुपर्ने बताए ।
जनप्रतिनिधि र कर्मचारीहरुको कामहरुबाट बिचौलियालाई खेल्ने अवसर दिनुहुन्न भन्दै उनले मालपोत कार्यालयमा आर्थिक अनियमितता भए सिंगो जिल्लाकै बद्नाम हुनेतर्फ सजग रहनुपर्ने बताए ।


भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा कुलबहादुर बस्नेतले नगरपालिका र मालपोत कार्यालयबीचको आपसी समन्वयले काम गर्न सहज हुने बताउँदै भक्तपुरको जग्गाको न्यूनतम् मूल्यांकनबारे केही अस्पष्ट भएका विषयहरुमा स्पष्ट पारेको छ ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोलेको उक्त अभिमुखीकरण कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडा सचिव, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *