भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ साउन

भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् ।

अभिनेता दत्त मुम्बइको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ ।

कोभिड १९ को नतिजा नेगेटिभ आएको छ । चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *