पुस्तकालयका लागि एभरेष्ट विद्यालयबाट पुस्तक हस्तान्तरण

शिक्षा समाचार

मुना मुसिख्वाल
भक्तपुर, २६ असार


भक्तपुरको एभरेष्ट इङ्गलिस स्कूल व्यासीले आप्mनो विद्यालयको जन्मोत्सवको अवसरमा सूर्यविनायक नगरपालिकाको वडा नं. ७ मा अवस्थित ज्योति माध्यमिक विद्यालयलाई पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालयले प्रत्येक वर्ष जन्मोत्सवको अवसरमा ३ ओटा विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको छ । सोही कार्य अनुसार विद्यालयको छनोटमा ज्योति माध्यमिक विद्यालय परेको छ । हस्तान्तरण गरिएको पुस्तक करिब रु.२ लाख ६८ हजार अनुमान रहेको छ । १ हजार ७३४ ओटा पुस्तक सो कार्यक्रममा हस्तान्तरण गरिएको थियो । पुस्तक हस्तान्तरण कार्यक्रम ज्योति मा.वि.मा सामान्य कार्यक्रम सञ्चालन गरी ज्योति मा.वि.का प्रधानाध्यापक कृष्णलाल न्हेम्हाफुकी र एभरेष्ट इङ्गलिस विद्यालयका प्रधानाध्यापकबीच भएको थियो । कार्यक्रममा संयुक्त परीक्षा समितिको पदाधिकारीको समेत उपस्थिति रहेको थियो । यो कार्यक्रममा ज्योति मा.वि.का प्रधानाध्यापक कृष्णलाल न्हेम्हाफुकीले पुस्तकालय सम्बन्धी करार सम्झौतासमेत गरेको थियो । सो पुस्तकका लागि विद्यालयले आप्mनो जन्मोत्सव कोषमा रकम जम्मा गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *