नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२,३९० पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ साउन

पछिल्लो २४ घन्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ३ सय ९० जना पुगेको छ।

नेपालमा हालसम्म ६० जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *