सिंहदरबार भित्र अनावश्यक भीडभाड गर्न रोक

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ साउन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण अझै नियन्त्रण बाहिर रहेको छ । गत डिसेम्बर अन्तिममा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण हाल विश्वमा ७ लाख ४ हजाार भन्दा बढिले ज्यान गुमाइसकेका छन् । त्यस्तै १८ करोड ७० लाख ९ हजार भन्दा बढि यो भाइरसका संक्रमितहरु रहेका छन् ।

नेपालमा पनि हाल सम्म २१हजार ९ जना संक्रमित रहेका छन् । जस मध्ये ५९ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाउनु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै गत चैत्र ११ गते देखि मुलुकमा करिव चार महिना लकडाउन जारी गर्यो । कोरोना भाइरस संक्रमितको दरमा केहि कमी हुने वित्तिकै सरकारले लकडाउन अनत्य गर्दै उपत्याका भित्र निर्वाद रुपमा सवारी साधन खुला गर्ने निर्णय सँगै बाह्य जिल्लाबाट पनि नीजि सवारी साधन मार्फत उपत्यका आउनेको भीड लागेको छ ।

केहि दिन यता कोरोना भाइरस संक्रमणको दरमा बढ्त्तोरी भएसँगै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल परामर्श गरे । कोरोना भाइरसले सबै क्षेत्र र निकायमा प्रवेश गरि तिव्र गति लिएसँगै सिंहदरबारमा भने अनावश्यक भीडभाडमा रोक लगाउनने गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता चक्र बुढाले कोरोना भाइरसलाई मध्यनजर गर्दै अनावश्यक भीडभाडमा रोक लगाएको अनलाइनपाना डटकमलाई जानकारी दिएका छन् । मन्त्रालयका कर्मचारी र पत्रकारहरुलाई भने रोक नलगाएको प्रवक्ता बुढाले प्रष्ट पारेका छन् ।

उनले सिंहदरबारभित्र भिडभाडका कारण कोरोनाभाइस संक्रमणको जोखिम बढिरहेकाले त्यसलाई व्यवस्थित गर्न थालिएको बताए। सिंहदरबार प्रवेशका लागि सम्बन्धित कार्यालयबाट गेटमा नाम पठाएपछि अस्थायी पास दिइने गरिएको थियो। तत्कालका लागि त्यसरी पास पठाउन रोकिएको गृह मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *