माटाका भाँडा लोपोन्मूख

विचार समाचार

सुलोचना प्रजापती
भक्तपुर,


प्रसिद्घ जुजु धौ बनाउन प्रयोग गरिने माटाको लगायत अन्य भाँडाकुँडाहरु अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । बजारमा माटाका भाँडालाई प्लाष्टिकका बट्टाले विस्थापन गरेको हो ।
माटाका भाँडाको मागमा गिरावट अएपछि वैकल्पिक पेशा अँगाल्ने सोचमा पुगेका स्थानीय कृष्णभक्त प्रजापतीले माटाको भाँडामा बन्ने दही मीठो हुने भएतापनि प्लाष्टिकको प्रयोग बढी भएकोले यो पेशा सङ्कटमा पुगेको बताए । साथै, माटाका भाँडा बनाउन चाहिने कच्चा माटो पनि पाउन मुस्किल हुँदै गएकोले यो पेशाबाट हात धुनु पर्ने बाध्यता रहेको बताउँछन् स्थानीय गंगा प्रजापती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *