लकडाउनभर ईन्टरनेट सेवा नकाट्न प्राधिकरणको निर्देशन

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ५ बैशाख

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा नकाट्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको भन्दै सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । इन्टरनेट सेवा प्रदायकले सरकारको निर्देशन र आइस्पान आग्रहलाई लत्याउँदै ग्राहकको सेवा काट्न थालेको व्यापक जनगुनासो बढेपछि समाचार प्रकाशन गर्न थालेकाे थियो । यससँगै प्राकिधरणले लकडाउनको अवधिमा इन्टर्नेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्ने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । प्राधिकरणले ईन्टरनेट सेवाको महशुल तिर्न नसक्ने ग्राहकहरुको इन्टनेट सेवासमेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *