श्रीराम सुगर मिल्स बन्द, किसानलाई लगभग ३७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

राैतहट, १२ साउन

रौतहट जिल्लामा सञ्चालित श्रीराम सुगर मिल्स सधैंका लागि बन्द भएको छ । कम्पनी निरन्तर घाटामा गएपछि स्थायीरुपमा बन्द भएको हो । सञ्चालनमा आएको केहि वर्ष नाफामा रहेको यो कम्पनी अहिले घाटामा गएको छ । यस कम्पनी नेप्सेमा सूचीकृत भएर शेयर कारोबार पनि भइसकेको छ । यो कम्पनी लगभग २० वर्ष अघि स्थापना भएको थियो । आर्थिक वर्ष २०७५–७६ सम्म आइपुग्दा यस कम्पनीको कुल घाटा २ अर्ब १७ करोडभन्दा बढी छ । यस कम्पनीले विगत ४ चार महिनायता कर्मचारीको तलब र सञ्चय कोषसमेत उपलब्ध गराउन सकेको छैन ।

मिल्सले २०७१ सालदेखि किसानको झन्डै ३७ करोड तिर्न बाँकी छ । यसरी उद्योग बन्द भएपछि त्यहाँ कार्यरत ३२५ जना कर्मचारी पनि बेरोजगार भएका छन् । उँखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिल्सको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको स्रोतले बताएको छ ।
यो बन्द हुनुको कारण प्रयाप्त रुपमा उखु नपाउनु पनि हो ।

गत वर्षको बाँकी रकम भुक्तानी नगरेको भन्दै कृषकले अन्य मिल्सलाई उखु बिक्री गरेपछि यस्तो समस्या आएको हो । गत मङ्सिर २५ गतेदेखि उखु क्रसिङ गर्न सुरु गरेको मिल्सले चालु आर्थिक वर्षमा २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको थियो ।

गत वर्षको किसानको रु ४५ करोड भुक्तानी समयमै नदिएका कारण किसानले अन्यत्र उखु दिएका हुन् । यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ४४८ तोकिएको थियो ।
उक्त मिल्सले तत्कालै भुक्तानी नदिएका कारण अन्य मिल्सलाई उखु बिक्री गरिएको र श्रीराम मिल्समा उखु अभाव भएको उखु उत्पादक सङ्घले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *