धमाधम पुनर्निर्माण हुँदै भक्तपुर नगर क्षेत्र

पर्यटन विशेष समाचार समाचार

रोसना लैबा
भक्तपुर, १५ चैत

Reconstruction of the Bhaktapur Durbar Square as captured on Thursday, November 10, 2016. Photo: THT

भक्तपुर नगरपालिकाका अनुसार भूकम्पले क्षति भएका १ सय ३० पूर्वाधारमध्ये नगरपालिकाले ६० प्रतिशत काम सकाएका छन् ।
कतैबाट पनि सहयोग नपाएपछि नगरपालिका आफैले पर्यटकलाई नगर प्रवेश शुल्क र अन्यबाट आएका पैसाबाट पुनर्निर्माण कार्य शुरु भएको नगरपालिकाले जानकारी दिएको छ । भक्तपुर नगरपालिकाका इन्जिनीयर सूर्यभक्त खर्बुजाका अनुसार भक्तपुर नगरपालिका र पुरातत्व विभाग मिलेर उक्त कार्य पूरा गरेका हुन् । भक्तपुर नगरपालिकाले पर्यटकसँग प्रवेश शुल्क लिएकाले पर्यटनमा बढी जोड गरेको र पर्यटकहरु जुनजुन क्षेत्रमा आकर्षक हुन्छन् ती क्षेत्रमा पहिलो प्राथमिकता दिएको उनको भनाइ छ । शुरुका वर्षमा दरबार क्षेत्रका त्रीविक्रम नारायण मन्दिर, शंकर नारायण मन्दिर, भास्तला दुर्गा मन्दिर, दरवार प्रवेशद्वार, च्याम्हासिङ प्रवेश द्वार, गरुडनारायण मन्दिर, सिद्धपोदरी परदाल , गपली ढुंगे धारा निकास, भीमसेन सतर छाना मर्मत, छुमा गणेश द्यो छें, कमल पोखरी परीसर पर्खाल आदि गरी १५ वटा योजना सञ्चालन गरेको उनले बताए ।


भास्तला दुर्गा मन्दिरमा अहिले मर्मतको काम हँुदैछ । जेला, क्वार्चा, त्वचा, सूर्यमढी आदि क्षेत्रमा भूकम्पले बढी क्षति भएको र त्यहाँको भग्नावेश तथा पुनर्निर्माणका सामग्री त्यही द्वारबाट ल्याउनु परेको कारण च्याम्हासिंह प्रवेश द्वारको काम शुरु नगरेको उलने बताए । उनले २०७६ सालमा च्याम्हासिंह प्रवेश द्वारको निर्माण कार्य शुरु हुने बताए ।
अब २०७६ सालमा पुरानो नगरपालिका भवन, ठूलो ब्यासी पाटी, वाकुपति नारायणमा तामाको पातली छाना छाउने र सुनको जलप लगाउने, भाजु पोखरी सुधार कार्य, हादा छें, चपाल भैरव द्योछें, न्यातापोल मन्दिरको छाना, च्यासीली मण्डप आचा पोखरी सतर मर्मतको योजना छ । राष्ट्रिय कला संग्रहालयको पुनर्निर्मानका लागि डिजाइन पनि बनिसकेको र मर्मतको कार्य शुरु हुने उनको कथन छ । साथै भक्तपुर नगरपालिकाले सिद्धपोखरी क्षेत्रमा सार्वजनिक शौचालय बनाउने योजना बनाउँदै छ । त्यस बाहेक भौतिक पूर्वाधार निर्माण अन्तरगत भार्वाचो वडा नंं १ कार्यालय बनाउने, ३ नं वडामा वडा कार्यालय भवन बनाउने जस्ता योजना भैरहेको बताउँछन् इन्जिनीयर खर्बुजा । खर्बुजाका अनुसार पुनर्निर्माण कार्यमा लगभग १९ करोड रुपैया खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *