चितवन, २८ कात्तिक
पोल्ट्री र पर्यटनमा अग्रणी जिल्ला चितवनमा सबैभन्दा दोस्रो धेरै उद्योग क्षेत्रमा रहेको पाईएको छ । तथ्यांक कार्यालय, चितवनले गरेको आर्थिक गणना अनुसार चितवनमा औद्योगिक उत्पादन क्षेत्रमा १८ हजार ३सय ७० जनाले रोजगारी पाएका छन । तर सबै भन्दा बढी जनशक्ति खुद्रा व्यवसायमा संलग्न रहेका छन । खुद्रा पसल तथा व्यवसाय जोसुकैले जहांँपनि सञ्चालन गर्न सकिने भएकोले यसको संख्या बढी देखिएको कार्यालयका तथ्यांक अधिकृत यज्ञमुर्ती भण्डारीले बताए । उनका अनुसार अधिकांश खुद्रा पसल दर्ता नगरी सञ्चालनमा रहेकोले यसले आर्थिक सुचांकमा फरक पारेको छैन । पछिल्लो समय चितवनमा साना तथा ठूला उद्योग खुल्ने क्रम बढेकोले पनि स्वभाविक रुपमा यस क्षेत्रमा रोजगारी सिर्जना हुनुको साथै जनशक्ति बढेको उनको भनाई छ । चितवन देशकै केन्द्र भएकोले पनि यहांँ उद्योगधन्दा बढ्ने क्रमसंँगै रोजगारीमा समेत बृद्धि भएको बताउंँछन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान । पछिल्लो समय विदेश जाने युवाहरुको संख्या घटेसंँगै उद्योग क्षेत्रमा जनशक्ति बढेको हो, उनले भने, यहांँ लघुउद्यम तथा ठुला उद्योगहरु खुल्ने क्रमपनि बढेको छ ।संघमा पनि बार्षिक रुपमा १० प्रतिशत उद्योगहरु दर्ता गर्न आउने क्रम बढेको उनले बताए । राजनीतिक स्थिरता संँगै आद्योगिक वातावरण बन्दै गरेकोले पनि उत्पादन मुलक उद्योगमा आकर्षण बढेकाले रोजगारीमा आकर्षण बढेको उनको भनाई छ । चितवन कृषि क्षेत्रको हवको रुपमा परिचिति भएपनि अझै व्यवसायिक रुपमा फड्को मार्न नसकेको उद्योग व्यवसायीको तर्क छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी निर्वामुखी कृषि क्षेत्रमा युवाहरुको आकर्षण भएको र यसको उत्पादन र बजार व्यवस्थित नभएकोले उत्पादन मुलक उद्योगहरुमा रोजगारीको संख्या बढी देखिएको छ । अझैपनि कृषि क्षेत्र निर्वाहमुखी छ । रोजगारी पर्याप्त छैन, तर उद्योगमा तलब ज्याला राम्र भएकोले रोजगारीको संख्या बढेको हो । उनका अनुसार उद्योग संख्या उद्योगहरुको दर्ता गर्ने क्रम बढेको उनले बताए । संघमा हाल ९सयको हाराहारीमा उद्योगहरु आवद्ध छन । चितवनमा औद्योगिक क्षेत्र निर्माण हुने क्रममा रहे को र अझ धेरै रोजगारीको संख्यामा बृद्धि हुने उनको भनाई छ । तथ्यांक कार्यालयका अनुसार सबैभन्दा थोक तथा खुद्रा व्यापारमा ३६ हजार १४ जना जनशक्ति रहेका छन । तेस्रो आवास तथा खाना व्यवसायिक प्रतिष्ठानमा १४ हजार २सय ७१ जना संलग्न रहेका छन । यस्तै शिक्षा क्षेत्रमा १३ हजार २सय ४जनाले रोजगारी पाएका छन भने सबै भन्दा कम रोजगारी घरजग्गा कारोबारमा छन । जहांँ १८ जनाले मात्र रोजगारी पाएका छन । १८ वटा व्यवसायिक प्रतिष्ठान गरिएको गणना अनुसार चितवनमा कुल १ लाख ४ हजार ६ सय २७ जना प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।