मैनालीको नेतृत्वमा ब्रोकर संघको नयाँ कार्यसमिति

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २१ कात्तिक

स्टक ब्रोकर एशाेसिएशनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत निर्वाचित भएका छन्। संघको आजको साधारणसभाले मैनालीको अध्यक्षतामा सर्वसम्मत  नयाँ कार्यसमिति चयन गरेको हो।

मैनाली ब्रोकर नम्बर ३६ अर्थात् सेक्योर्ड सेक्युरिटका सञ्चालक हुन् ।

त्यस्तै नयाँ कार्यसमितिको  उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरुमा रवीन्द्र श्रेष्ठ,फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका छन् ।

भरत रानाभाट अध्यक्ष कार्यसमितिको २ वर्षे कार्यकाल सकिएसंगै नयाँ कार्यसमिति चयन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *