जोगबनी किमाथाङ्का सडक

अर्थ/वाणिज्य समाचार

सुनसरी १७ बैशाख


मुलुकको व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगबनी–विराटनगर हुँदै धरानसम्म ६ लेन सडक विस्तारको ईटहरीमा भएको विवाद समाधान भएको छ ।
ईटहरी देखि धरान सम्मको ८२ फिटे सडक निर्माणमा अवरोध गरे पछि सडक आयोजना कार्यालय र ईटहरी उपमहानगरपालिकाका स्थानीय बिच ६५ फिटे बाटोमा सहमती बनेको छ । सहमती भए संगै केही दिनमै सडक निर्माणको काम सुचारु हुने आयोजनाले जनाएको छ ।
इटहरी चौकमा लामो समय देखि सडक विस्तारको काम अबरुद्ध भएको थियो । तत्कालका लागि ६५ फिटमै बाटो निर्माण गर्न सहमती भएकाले केही दिनमै शुरु हुने आयोजनाका ईन्जिनियर उपेन्द्र दासले बताए । उनले भने, स्थानीयहरु सँगको सहमतीमा बाटो निमार्णको काम अन्तिम तयारीमा लागेका छौ ।’ सडक निर्माणका लागि कान्छाराम कन्ट्रक्सनलाई ठेक्का समेत दिईसकेको कारण ठेकेदारले चाडैकाम सुरु गर्ने उनले बताए ।
स्थानीयले सर्घष समितिनै बनाएर साडे ८२ फिट बाटो निमार्ण अबरोध गरे सँगै तत्कालका लागि ६५ फिट बाटो निमार्ण हुने भएको हो ।
कान्छाराम कन्ट्रक्सनका इन्जिनियर विमलेश यादबले इटहरीको मुख्य चौक गोर्खा डिपार्डमेन्ट स्टोर अगाडीको बाटो निमार्ण तीन महिना भित्र सम्पन्न हुने बताए । तरहरा जाने बाटोको ३ किलोमिटर ठेक्का कान्छारामले पाएको बताउँदै चाडै काम सुरु गर्ने बताए ।
रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारण सास्ती व्यहोर्न बाध्य हुदै आएका छन् । निर्माणाधीन सडक र सडकको दुवैपट्टी खनेको नालाले सर्वसाधारण समस्या परेका हुन् । अति व्यस्त उक्त सडकमा सवारीसाधनले उडाएको धुलोले मार्कामा परेका छन् । सुनसरीको दुहबी बजार खण्डमा मापदण्ड अनुसारको जग्गा सरकारले उपलब्ध नगउँदा खण्डमा सडक निर्माणका लागि टेण्डरसमेत आह्वान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *