कानून अध्ययन समाजको पूनः गठन

समाचार

भक्तपुर, १५ भदाै

 

कानून अध्ययन समाज जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा आज भक्तपुर जिल्लास्थित कानून ब्यवसायी एवम् कानून विषय अध्ययनरत विद्यार्थीहरुको भेला सम्पन्न भयो ।
भेलामा बोल्दै अतिथि नेमकिपा प्रदेश ३ का सांसद सुरेन्द्रराज गोसाईले सङ्घीय र प्रदेश संसदका बहुमत साँसदहरु कानून तथा राजनीति शास्त्रका विद्यार्थीहरु नभएको हुँदा संसदीय अभ्यासमा कमी आएको बताए । संसदीय ब्यवस्थामा सांसदहरु दलको प्रतिनिधित्व गरेर संसदमा प्रस्तुत हुनुपर्नेमा त्यसो नभएको र स्वतन्त्र निर्वाचित प्रतिनिधिको हैसियतमा संसदमा प्रस्तुत हुन नहुने बताए । सांसदहरुमा दलगत होइन व्यक्तिगत प्रबृत्ति हाबी भएको कारण संसदीय व्यवस्थाको बैठक मर्यादित नभएकोमा जोड दिँदै उनले राष्ट्रिय राजनीतिमा नेकपा एमाले र माओवादी एक भएको प्रचार गरिएतापनि संसदीय गतिविधिमा एक हुन नसकेको बताए । सांसद गोसाईले सांसदहरुको अव्यवस्थति प्रस्तुतीकरणले संसदीय अभ्यासमा ¥हास आएको र काम कार्वाही चुस्त हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै कानून र राजनीति शास्त्रको ज्ञान हरेक पेशाका नागरिकहरुमा हुनेपर्नेे भने। साथै उनले ऐन नियमको लेखन र छलफलमा सक्रिय हुनुपर्ने सांसदहरु चोर बाटोबाट भएपनि आ– आप्mनो निर्वाचन क्षेत्रका बासिन्दा खुशी पारी अर्को निर्वाचन कै लागि मात्र केन्द्रित गरी गतिविधि गर्नुले केवल तिनीहरु केवल विकासे कार्यकर्तामा सीमित भएको उनको कथन थियो ।
समाजका केन्द्रीय अध्यक्ष रामप्रसाद प्रजापतिले देश र समाजको जटिलता संगै कानून व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै नागरिकता विद्येयक, गुठि विद्येयक, भूमी सम्बन्धी विद्येयक लगायतका जनसरोकारका विषयमा जनतालाई सचेत पार्ने जिम्मेवारी कानून व्यवसायीहरुको भएको बताए ।
आयोजक समाजका अध्यक्ष राधेश्याम सुवालको सभापतित्वमा भएको उक्त भेलामा अनिता जधारी, राजु कैटी लगायतले बोल्नुभएको थियो । साथै भेलाले राजु कैटीको अध्यक्षतामा १५ सदस्यीय कानून अध्ययन समाज भक्तपुर जिल्ला कार्य समिति पूनः गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *