नयाँ विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न

विज्ञान/प्रविधि विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, २ साउन

‘शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखी शिशु स्याहारदेखि कलेजहरु स्थापना गरी संचालन गरिरहेको हो ।
उक्त कुरा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इन्जिनियरिड्ड कलेजमा स्नातकोत्तर तहका “भूकम्प इन्जिनियरिड्ड” र “शहरी डिजाइन तथा संरक्षण’ विषयमा अध्ययन गर्न भर्ना भएका नयाँ  “विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा बताएको हो ।
उनले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरी योग्य नागरिक तयार गर्ने लक्ष्यका साथ स्थापना भएका शैक्षिक संस्थाहरु आफ्नो लक्ष्य प्राप्तिमा अगाडी बढिरहेको बताए । भक्तपुरका विकास कार्यहरू ठेक्काभन्दा उपभोक्ता समितिमार्फत जनसहभागितालाई प्राथमिकता दिई संचालन गरिएको उनले बताए ।
विद्यार्थीहरुले समाज र देशलाई अगाडि बढाउने उद्देश्यले अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउदै उनले विकासको निम्ति विदेशीको मुख ताक्नु गलत भएको र आफ्नो क्षेत्रको विकास आफैले गर्ने भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।
२०७२ को भूकम्पले क्षतिग्रस्त करीव १०० वटा सम्पदाहरु पुनःनिर्माण भइसकेको बताउदै उनले महत्वपूर्ण सम्पदा संरक्षणका लागि भक्तपुर नगरपालिका लागि परेपनि विभिन्न प्राविधिक र आर्थिक कारण कतिपय महत्वपूर्ण सम्पदाहरु पुनःनिर्माण अगाडि बढाउन असहज भएको बताए ।
विना शर्त हुने विदेशी सहयोगलाई भनपाले अस्वीकार गर्नुपर्ने कुनै कारण नभएको प्रष्ट पार्दै उनले नेपालीको स्वाभिमान र सार्वभौमिकतामा असर पर्ने गरी विदेशी सहयोग स्वीकार गर्न नसकिने बताए ।
उनले स्थानीय जनताको साथ र सहयोगले मौलिक शैलीमा ङातापोल मन्दिर, भैरवनाथ मन्दिरलगायतका धेरै सम्पदाहरु जीर्णोद्धार गरिएको बताउदै एमसीसीजस्तै जर्मन सहयोगमा पनि हाम्रो सार्वभौमिकता र स्वतन्त्रतामाथि आँच पुग्ने भएकोले जर्मन सहयोग स्वीकार नगरिएको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा कलेज संचालक समितिका उपाध्यक्ष आ. रजनी श्रेष्ठ जोशीले भक्तपुरका शिक्षाप्रेमी तथा राजनीतिज्ञहरुको अथक प्रयासस्वरुप भक्तपुरलाई ज्ञानविज्ञान र साँस्कृतिक केन्द्रको रुपमा विकास गर्न ख्वप इन्जिनियरिड्ड कलेजलगायतका शैक्षिक संस्थाहरु शुरु गरिएको र विद्यार्थीहरुको अध्ययन क्षमताले यसलाई अगाडी बढाउने आशा व्यक्त गरे ।
कलेजका प्राचार्य इ. सुजन माकले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको सो कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिड्डका प्राचार्य इ. सुनिल दुवाल, ख्वप इन्जिनियरिड्डका उपप्राचार्य इ. रविन्द्र फोजू, विभागीय प्रमुखहरु डा. मञ्जिप शाक्य, आ. लिवास फैजू र परीक्षा शाखाका प्रमुख इ. गणेशराम ध्वजूले पनि आफ्नो विचार राखेको थियो । कार्यक्रम अनलाइन माध्यमबाट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *