सी चिनफिङद्वारा चिकपा केन्द्रीय समितिको राजनीतिक ब्युरोको पहिलो सामूहिक अध्ययन कार्यक्रमको अध्यक्षता

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्युज अपडेट संवाददाता

एजेन्सी, ११ कात्तिक

सी चिनफिङद्वारा चिकपा केन्द्रीय समितिको राजनीतिक ब्युरोको पहिलो सामूहिक अध्ययन कार्यक्रमको अध्यक्षता

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको राजनीतिक ब्युरोले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको भावनाको अध्ययन र कार्यान्वयनसम्बन्धी पहिलो सामूहिक अध्ययन गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त समारोहको अध्यक्षता गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनले राजनीति, सिद्धान्त र व्यवहारमा विभिन्न महत्वपूर्ण उपलब्धि हासिल गरेको र मुख्य योजनाहरू बनाएको कुरामा जोड दिनुभयो । २० औँ महाधिवेशनले नयाँ युग र नयाँ यात्रामा पार्टी र देशको विकासको लागि नीति तथा रणनीतिक योजनालाई तर्जुमा गरेको उहाँले बताउनुभयो । २० औँ महाधिवेशन चौतर्फीरूपमा आधुनिक समाजवादी देश निर्माण गर्न र चिनियाँ राष्ट्रको महान् कायाकल्पलाई व्यापकरूपमा प्रवद्र्धन गर्ने हाम्रो पार्टीको राजनीतिक घोषणा र कार्ययोजना हो ।

शान्तिपूर्ण विकास मार्गमा अडिग रहेको चीन विश्वको अवसर
चीनले विश्वको शान्ति सुरक्षा गर्ने र साझा विकासका लागि सबैलाई घचघच्याउने कूटनीति तथा उद्देश्यमा अडिग रहेर मानव भाग्य समुदायको निर्माणलाई अगाडि बढाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन पेइचिङमा हालै सम्पन्न भएको छ । केन्द्रीय समितिका महासचिव सी चिनफिङले १९ औँ केन्द्रीय समितिको प्रतिनिधित्वमा प्रतिवेदन पेश गर्दै यो धारणाले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउनुभएको थियो । विभिन्न विश्लेषकको विचारमा चीनले शान्तिपूर्ण विकास मार्गमा अडिग लाग्ने अठोट र विश्वास देखाइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले विश्वको शान्ति, समृद्धि र प्रगतिका लागि अझ बढी योगदान दिने छ ।

विकसित मुलुकले केही सय वर्षमा पूरा भएको औद्योगीकरण प्रक्रिया चीनले केही दशकमा पूरा गरेको छ । जसले अर्थतन्त्रको तिव्रगति विकास र समाजको दीर्घकालीन स्थिरतालगायत दुई चमत्कारको सिर्जना गरेको छ । यो चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गरेर कडा परिश्रम गरेको उपलब्धि हो । त्यसकारण, चिनियाँ सत्तारूढ पार्टीले सधैँ शान्तिपूर्ण विकास मार्गमा अडिग गरेको पनि हो । शान्तिपूर्ण विकास मार्गले चीनको तीव्र विकास गर्नुका साथै विश्वको शान्ति तथा विकासमा शक्तिशाली सकारात्मक शक्ति पनि थपेको छ ।

शान्ति विकासको पूर्वाधार हो र विकास शान्तिको प्रत्याभूति पनि हो । प्रतिवेदनमा उल्लेख भएअनुसार, चीनले वैदेशिक खुलापनको आधारभूत नीतिमा अडिग रहँदै आपसी हितकर तथा साझा विजयी खुलापन रणनीतिको दृढताका साथ पालना गरी चिनियाँ विकासबाट विश्वलाई निरन्तररूपमा नयाँ अवसर दिनेछ । त्यसै गरी नयाँ ब्लुप्रिन्टको निर्देशनमा चीन र विश्वले आपसलाई अझै ठूलो प्रभाव पार्नेछन् ।

गत वर्षको सेप्टेम्बर महासचिव सी चिनफिङले राष्ट्र सङ्घीय ७६ औँ महाधिवेशनको बहसमा विश्वव्यापी विकासको पहल प्रस्तुत गर्नुभयो । त्यसको केन्द्रीय विषय साझा विकास गरेर मानव भाग्य समुदायको निर्माण गर्नु हो ।
विश्वको शान्तिको सुरक्षा गर्दा आफ्नो विकास गर्नुका साथै आफ्नो विकासमार्फत अझै राम्ररी विश्वको शान्तिको सुरक्षा गर्ने र साझा विकास घच्घच्याउनेछ । यो चीनको शान्तिपूर्ण विकास मार्ग हो । आधुनिकीकरण देशको चौतर्फी निर्माण प्रक्रियामा चिनियाँ कम्युनिस्ट पार्टीले निरन्तररूपमा आफ्नो विकास गरेर विश्वलाई फाइदा पु¥याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *