साउन १ गते बिहीवारकाे राशिफल 

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १ साउन

मेष: (चू,चे,चो,ला,लि,लू,ले,लो,) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउने तथा पद प्रतिष्ठा पाउने समय रहेकोछ । नयाँ काम गरी मनग्गे आम्दानी वढाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनाले जोशिलो काम गर्ने जागर आउनेछ । कृषि तथा पशुपालन व्यावासायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

बृष :(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलव्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ । कृषि क्षेत्रमा समय व्यातित हुनेछ ।

मिथुन :(का,की,कू,घ,ङ,छ,के,को,हा) विदेशी धन सम्पति हात लाग्ने समय रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरीवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

कर्कट :(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ । आधुनिक कृषि क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

सिंह :(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुनेयोग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । कृषि कर्ममा समय व्यातित हुनेछ ।

कन्या :(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङ्गको गाठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरीमा वढोत्तरिको गतिलो योग रहेकोछ ।

तुला :(रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।

बृश्चिक :(तो,ना,नी,नू,ने,नो,या,यी,यू ) माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रियजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाइने योग रहेकोछ । कृषि क्षेत्रलाई आधुनिकीकरण गरी लाभ लिन सकिनेछ ।

धनु :(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा सामान्य वृद्धि भएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । बादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *