मेलम्चीमा बेपत्ता भएका एकको शव भेटियो, एक अझै बेपत्ता

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १ साउन

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणको क्रममा हराएका भनिएका एकजनाको शव फेला परेको छ ।
फेला परेको शव इन्जीनियरको रहेको जनाएको छ ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जीनीयर सतीश गोहितको शव बुधवार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी उज्जवल महर्जनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *