डाक्टर केसीको अनशन स्थगित भए पनि प्रदर्शन जारी

विशेष समाचार समाचार स्वास्थ्य

काठमाडौं, १९ माघ

सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले आज राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गर्यो। चिकित्सा शिक्षा ऐनमा भएको फेरदबदलविरुद्ध अनशन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको हो। डाक्टर केसीले हिजोमात्र आफ्नो अनशन स्थागित गरेका थिए।

चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै १६ पटक डाक्टर केसी अनशनमा बसिसकेका छन्। पछिल्लो अनशन उनले २४ औं दिनमा स्थगन गरेका हुन्। उनका कतिपय मागको विपरीत सत्तारुढ दलले चिकित्सा शिक्षा ऐन पास गरिसकेको छ।

डाक्टर केसीलाई धन्यवाद दिँदै आज मण्डलामा उपस्थितहरुले भने उनको अनशनको अन्त्य भइनसकेको सन्देश दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *