भक्तपुरमा आज असार १९ को सम्झना, निरन्तर सम्झनु आवश्यक

विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट
भक्तपुर, १९ असार


भक्तपुरका जनताले आजको असार १९ र श्रावण २ लाई भ्रष्टाचार विरोधी दिवसको रुपमा स्मरण गरिरहेका छन् । वि.सं. २०२६ असार १९ गते तत्कालिन नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरुले भक्तपुरका किसानी काम गर्ने जनतालाई समयमा रासायनिक मल ल्याइदिने विश्वास दिलाई संकलन गरेको बचत रकमबाट सञ्चालकहरुले हिनामिना गरी व्यापारमा लगाई समयमा मल नल्याएकाले जनताले भ्रष्टाचारी सञ्चालकहरुलाई उल्टो टोपी लगाई नगर परिक्रमा गरेको दिनको रुपमा आजको दिनलाई सम्झिने गरेको हो ।
आजको दिन ती भ्रष्टाचारीलाई जनताले कारवाही गरेको दिन हो । त्यसकारण यस दिनलाई आजको समयमा देशव्यापी रुपमा मनाउनुपर्ने स्थानीय जनता बताउँछन् । त्यसबेला जनताले रासायनिक मल पाउनुभन्दा अन्य व्यापारमा लगानी भइरहेको असारको समयमा पनि मल दिन नसकेकोप्रति आक्रोस पोखी ती भ्रष्टाचारी सञ्चालकहरुलाई लखेटी उल्टो टोपी लगाइ, कालोमोसो डली नगर परिक्रमा गरी बेइजत गरेको थियो ।
अहिलेको बदलिँदो परिवेशमा फरक फरक ढंगबाट देशकै ढुकुटी फोरिरहेको आजको समयमा यसको ठूलो महत्व रहेको किसानहरु बताउँछन् । यसैक्रममा आज देशव्यापी भ्रष्टाचारविरोधी दिवस मनाइरहेका छन् । भक्तपुरमा नेपाल क्रान्तिकारी किसान संघले मनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *