शीर्ष नेताहरू ङातापाेल जिर्णाेद्वारकाे निरीक्षणमा, श्रमदान तथा अन्य सहयाेग गर्नेमा वृद्धि

समाचार

न्यूज अपडेट
भक्तपुर, १८ असार

तस्विरः प्रेम प्रजापति

विश्वप्रसिद्ध भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर (पाँचतले मन्दिर)को जिर्णोद्वार अन्तिम चरणमा पुगेको छ । आज बिहीवर छाउने कार्यको अन्तिम दिन रहेको छ ।
उक्त मन्दिरको माथिल्लो तलादेखि छाना छाउँदै आज तलो तलाको छाना सकाउने कार्यक्रम रहेको छ । जिर्णोद्वार कार्यको तिब्रतासँगै अत्यधिक र उत्साहित जनश्रमदानले थप ऊर्जा प्रदान गरेको छ । जीवनमा कहिल्यै माथि चढ्न नपाएका जनता यस्तो अवसरमा चढ्न पनि पाउने काममा सघाउन पनि पाउने भएर जनश्रमदानमा अत्यधिक वृद्धि भएको हुनसक्ने श्रमदाताहरुको भनाइ छ ।

तस्विरः प्रेम प्रजापति

यसैक्रममा छाना छाउने कार्यको अन्तिम चरणतिर हिजो बुधबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेँ, कन्द्रीय सचिव एवं प्रतिनिधिसभाका सदस्य सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतका जनप्रतिनिधिह्ररुले ङातापोल मन्दिरको निरिक्षण गरेका छन् ।
लकडाउनको समय भएर पनि व्यवस्थित रुपमा लामबद्ध गराई हरेक श्रमदातालाई अनिवार्य माक्स प्रदान गरी गरिएको उक्त जिर्णोद्वार कार्यमा नियमित काम गर्ने ८/१० जना कालिगढबाहेक हजारौं स्थानीयवासीले साथ सहयोग गर्दै आएको छ । नगरका प्रत्येक वडाबाट उक्त जिर्णोद्वारमा साथ दिएको उपभोक्ता समितिका अध्यक्षले बताएको छ । यस्तो श्रमदानको लहरले आफ्नो भने भावनालाई कदर गर्न सिकाएके स्थानीय बताउँछन् ।

तस्विरः प्रेम प्रजापति

बुधबार जिर्णोद्वारका लागि श्रमदान गर्नेहरुमा भक्तपुर नगरपालिका वडा नं. ९ को पासा पुच समूह, आमा समूह, गोल्मढीका खोह्रे भजनलगायतका विभिन्न स्थानका महानुभावहरुको सहभागिता रहेको छ । आज वडा नं. ३ कोलाछेँलगायतका समूहहरुको सहभागिता हुने आयोजक समितिले बताएको छ ।

तस्विरः प्रेम प्रजापति

जिर्णोद्वारको क्रममा विभिन्न संघ संस्था र व्यक्तिहरुले नगद तथा जिन्सी सहयोग गर्ने क्रम बढिरहेका छन् ।

तस्विरः प्रेम प्रजापति

तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *