काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ असार

काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १०, भक्तपुरमा २ र ललितपुरमा ५ जना गरी १७ जना संक्रमित थपिएको जानकारी दिए।

थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए।

काठमाडौं उपत्यकासहित बुधबार देशभर थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

आज थपिएका ४८२ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ४६५६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *