विश्वभर कोरोना संक्रमितको संख्या एक करोडभन्दा बढी, साढे ५० लाख निको भए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १४ असार

विश्वमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ करोडभन्दा बढी पुगेको छ। जोन्स होप्किन्स विश्वविद्यालय (जेएचयू) ले तयार पारेको तथ्यांक अनुसार विश्वमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ हजार ५ सय २७ जना पुगेको छ। नेपाली समय अनुसार यो आइतबार दिउँसो साढे ४ बजेको तथ्यांक हो।

कोरोना संक्रमित भएका आधाभन्दा बढी भने निको भएका छन्। हालसम्म ५९ लाख ६५ हजार ८ सय ६९ जना निको भएका छन्।

विश्वमा ४ लाख ९९ हजार १ सय २४ जना कोरोना संक्रमितको भने मृत्यु भएको तथ्यांक छ।

नेपालमा हालसम्म १२ हजार ७ सय ७७ जना कोरोना संक्रमित भएका छन् भने ३ हजार १३ जना निको भएर घर फर्किएका छन्। २८ संक्रमितको भने मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *