मापदण्ड विपरीत इँट्टाभट्टा

समाचार स्वास्थ्य

सुजना कार्की


भक्तपुर, १५ जेठ
भक्तपुरको सुडालमा सञ्चालित इँट्टाभट्टाहरु मापदण्ड विपरीत छन् । च्याम्हासिंहबाट सुडाल सडक खण्डमा १३ वटा इँट्टाभट्टा छन् । सुडालमा करिब ६ दशकदेखि महेन्द्र ग्राम उमावि सञ्चालित छ । विद्यालयसँगै महानगरीय प्रहरी प्रभागको कार्यालय छ । घनाबस्तीको बीचमा सुडाल उपस्वास्थ्य चौकी पनि छ । यी तीनै संस्थालाई करिब १५ वर्षयता ७ वटा इँट्टाभट्टाले घेरेका छन् । जसले यस्ता संस्थाहरु र वातावरणलाई नै असर गरेको छ ।

मापदण्ड अनुसार इँट्टाभट्टा सञ्चालन गर्दा वरपरको वातावरण र वस्तीलाई बाधा नपुरयाई इँट्टाभट्टा सञ्चालन गर्नुपर्ने भइरहेको कामहरु मूल सडकबाट नदेखिने गरी सञ्चालन गर्नुपर्ने नियम छ, तर इँट्टाभट्टाहरु घनावस्ती , विभिन्न संस्था र सडकसँगै जोडिएर सञ्चालित छन् । नयाँ मापदण्ड अनुसार खोलाकिनार पक्की पुलबाट ५ सय मिटर टाढा, शिक्षण संस्था, स्वास्थ्य संस्थाबाट २ कि.मी टाढा हुनुपर्छ । यतिको मापदण्ड विपरीत इँट्टाभट्टाहरु हुदा पनि अनुगमन गर्ने निकाय मौन भएको स्थानियहरुको गुनासो छ ।
केही वर्षअधिसम्म हरियाली देखिने फाँट धुलाम्मे, फुस्रो र उजाड देखिन थालेको स्थानीयहरु बताउँछन् । सुशील खत्रीले सडकबाट दायाँबायाँ हेर्दा धूलो उडने फाँट र धुवाँ आइरहेको चिम्नी बाहेक केही नदेखिने बताए ।
चिम्निबाट निस्किने धुवाँ प्रशोधन नगरी सिदै फाल्ने गरेको साथै वरपरको इँट्टाभट्टाले वातावरण र बस्तीलाई नै कुरुप बनाएको स्थानीय सन्जिब श्रेष्ठले बताए ।

इँट्टाभट्टाले गर्दा पानीका मुहानहरु सुकेको र मानवीय जिवनमा असर गरेको कुरा रोशन खड्काले बताए । ५ वर्ष मात्र सम्म भएको इँट्टाभट्टाहरु वारम्वार नविकरण गरी सञ्चालनमा ल्याएको उनले बताए ।
आरक्षण नेशनल एकेडेमीका प्रध्यानाध्यापक शर्मीला खड्काले भएका इँट्टाभट्टाहरु विपरीत रहेको र व्यवसायीहरु अरुलाई ध्यान नराखी व्यक्तिगत फाइदामा तल्लिन रहेको बताए ।

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ हेम्बाले घरेलुमा दर्ता भएर नियम रुपमा सञ्चालित इँट्टाभट्टाले कालो धुवाँ नफाल्ने गरेको दाबी गरे । इँट्टाभट्टाले सबै मापदण्ड पूरा गरी धुवाँ प्रशोधनको लागि नयाँ प्रविधिको प्रयोग गरी धुवाँ फालेको कुरा बताए ।
इँट्टाभट्टाको अनुगमनमा गर्ने निकायमा मापदण्ड विपरीत भएका इँट्टाभट्टा विरुद्ध वारम्वार उजुरी गर्दापनि जिल्ला घरेलु तथा साना उद्ृयोग कार्यालय एवम् सम्बन्धित नगरपालिकाले यसबारेमा कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *