काठमाडौं महानगरले ल्यायो साढे १६ अर्ब रुपैयाँको बजेट

अर्थ/वाणिज्य विशेष समाचार समाचार
न्यूज अपडेट
काठमाडाैं, १० असार

काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

बुधबार बसेको महानगरपालिकाको नगरसभाको सातौं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैंयाको बजेट सार्वजनिक गरेकी हुन् ।

काठमाडौं महानगरले ल्याएको उक्त बजेटमा ५ अर्ब ७७ करोड रुपैंया पूर्वाधारमा, २ अर्ब ५७ करोड सशर्त योजना तथा कार्यक्रममा, १ अर्ब ७४ करोड प्रशासनिक खर्चमा, सामाजिक विकासमा १ अर्ब ५० करोड, सम्पदा संरक्षणमा १ अर्ब ३४ करोड खर्च हुने अनुमान गरिएको छ ।

उक्त खर्चको लागि आन्तरिक स्रोतबाट ४१.१९ ले हुने ६ अर्ब ७६ करोड, माथिल्ला सरकारको निशर्त ८.६७ अनुदान १ अर्ब ४२ करोड, सशर्त अनुदानतर्फ १५.६८ प्रतिशतले हुने २ अर्ब ५७ करोड, बैंक मौज्दाततर्फ २१.३१ प्रतिशतले हुने ३ अर्ब ५० करोड र बाँकी सामाजिक सुरक्षा भत्ता, मनोहरा र चमती जग्गा एकीकरण आयोजनाबाट जुटाइने अनुमान गरिएको छ ।

अधिवेशनमा महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरले ४ गते नीति तथा कार्यक्रम ल्याएको र सोही अनुसार आज बजेट प्रस्तुत गरेको भन्दै सदस्यहरुलाई अध्ययन गर्न दिएर छलफलका लागि १ सातापछि अर्को बैठक बस्ने बताए ।

अघिल्लो वर्ष महानगरको बजेट १५ अर्ब ५० करोडको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *