नेपालकी सपना रोका मगर बीबीसीको ‘प्रभावशाली १०० महिला २०२०’ को सूचीमा

विशेष समाचार समाचार स्वास्थ्य
वर्षा खत्री
भक्तपुर, ९ मंसिर
बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वको एक सय प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा नेपालबाट सपना रोका मगर पर्न सफल भएकी छिन् । बीबीसीले २०१३ देखि येस्तो सूची प्रकाशित गर्दै आएको छ। विश्वभरि बिशेष योगदान दिने र अरुभन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउन मद्दत गर्ने १०० महिलाको नाम बीबीसीले हरेक वर्ष प्रकाशित गर्दै आएको छ।
बीबीसीको उक्त सूचीमा परेकी सपना रोका मगरले बेवारिसे शव व्यवस्थापन गर्दै आएकी छिन् । उनी म्याग्दीबाट काठमाडौं आएकी थिइन् ।उनी आफैले पनि सडकमा जीवन बिताउन पुगिन्। काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव व्यवस्थापन गर्ने एक संस्थाका विनयजङ बस्नेतले उनलाई सोही संस्थामा समावेश गराए। विनयजङ बस्नेतलाई उनी कर्मबुवा पनि मान्छिन्। उनी संग्लग्न भएको संस्थाले वेवारिसे शवलाई धार्मिक परम्परा अनुसार सदगद् गर्दै आएको छ।
सपनाले सडकमा अलपत्र परेको शव अस्पताल लग्नेदेखि धार्मिक परम्परा अनुसार शवको अन्त्यष्टी गर्ने काम गर्दै आएकी छिन्। सपना र विजयले अहिलेसम्म करिब ३०० बेवारिसे शवको व्यवस्थापन गरिसकेका छन्।
उनले भनेकी छन् ,” विश्वमा धेरै मानिस घरवारविहीन छन् । सडकमा मृत्युु भएका मानिसहरुको पनि उचित दाहसंस्कार हुनुपर्छ, सामाजिक सेवाको लागि मात्र नभई आत्मशान्तिको लागि उक्त काम गर्दै आएको छु।” बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा परेपछि उनले आफ्नो सामाजिक सञ्जालमा सबैप्रति आभार व्यक्त गरेकी छिन् ।
फिनल्यान्डकी प्रधानमन्त्री सान मरिन बीबीसीको उक्त सूचीको शीर्ष स्थानमा रहेकी छिन् । पाकिस्तानी अभिनेत्री माहिरा खान, चीनिया लेखक फाङ आदि लगायतका विभिन्न क्षेत्रका सक्रिय महिलाहरु बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *