असार १० गते बुधबारको राशिफल

समाचार

न्यूज अपडेट

भक्तपुर, १० असार

वि.सं.२०७७ असार- १०,बुधवार, ई.सं.२०२० जून – २४, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-तृतीया , १०:१२ बजे उप्रान्त चतुर्थी,नक्षत्र-तिष्य , १३:४५ बजे उप्रान्त अश्लेषा,योग-व्याघात , १०:१५ बजे उप्रान्त हर्षण, करण-गर १०:१२ बजेदेखि वणिज , २१:३१ बजे उप्रान्त वालव,चन्द्रराशि-कर्कट,आनन्दादि योग-मातंग,सूर्योदय-५:११,सूर्यास्त-१९:०१, दिनमान-३४ घडी ३५

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । अप्रिय खबरको श्रबणले मन चिन्तीत रहनेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभासम्मेलनमा सहभागीताको योग रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्य्रक्तिहरुलाई सहजै प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानी अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । खानपानका कारण स्वास्थ सम्बन्धी समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आय आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन् । स्वास्थ सम्बन्धी सामान्य समस्याले भने सताउनेछ । मानसिक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । अधुरो यात्रा रहने योग रहेकोछ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमी आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्धा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आकस्मिक धनलाभको सम्भाबना रहेको छ । बौदिक क्षेत्रका ब्यक्तित्वसगको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धी समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बिद्यार्थी बर्गको बौदिक बिकासका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अवलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मानसिक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृदि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): ञ, दे, दो, आम्दानीका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनी हुन सक्नेछ । आफ्नो चातुर्यताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *