पाल्पामा पहिरोले दुई वटा गाडी बगायो, दुई जनाको शव फेला

विशेष समाचार समाचार

न्यूज अपडेट

पाल्पा, ९ असार

पहिरो हटाइरहेका बेला फेरि अचानक पहिरो खस्दा पाल्पामा २ जनाको मृत्यु, पुरिएका कारसहित चार सवारीसाधन पहिराेले बगाएकाे छ  ।

बुटवल गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका ११ सम्मवारीमा सोमबार दिउँसो ४ सवारीसाधन पहिरोमा पुरिएका छन्। पहिरोमा सवारी पुरिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्दारमा खटिएका छन् ।

रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो।

आइतबारदेखि नै बाटो अबरुद्ध भएपछि बाटो पन्छाउने काम हुँदै आएको थियो ।
बाटो पन्छाउँदै गर्दा पुनः पहिरो गएपछि चारवटा सवारी समेत बगाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकल माटोले पुरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *