अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भारि बृद्धि, पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

अर्थ/वाणिज्य विशेष समाचार समाचार
न्यूज अपडेट
काठमाडाैं, ३ असार

चालु आर्थिक वर्षको १० महिनासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३१.६५ ले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिना वैशाखसम्ममा सुनको भाउ प्रतिआउन्स १७०८.६ अमेरिकी डलर पुगेको छ । गत वर्ष यसैअवधिमा सुनको मूल्यप्रति आउन्स १२९८.४०५ अमेरिकी डलर थियो ।

यता, आर्थिक वर्षको १० औं महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य भने ६१.५५ ले घटेको छ । कच्चा पेट्रोलियमको भाउ प्रतिब्यारल २७.८९ डलरमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारल अमेरिकी डलर ७२.५३ रहेको थियो ।

नेपालमा असार ३ गते नेपाल सुनचाँदी व्यवसायी संघले निकालेकाे सुनचाँदीकाे बजारभाउ त्यसै अनुसार बढेकाे छ । जसमा छापावाल सुनकाे मूल्य प्रतिताेला ८९ हजार  ८ सय रूपैयाँ पुगेकाे छ । त्यस्तै तेजाबी सुन प्रतिताेला ८९ हजार ३ सय ६५ रूपैयाँ र चाँदी प्रतिताेला ९३० रूपैयाँ रहेकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *