१० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङडेल कप भलिबल प्रतियोगिता शुरु

खेलकूद समाचार

भक्तपुर, २४ माघ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्प्रिङडेल माविको आयोजनामा भएको १० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङडेल कप भलिबल प्रतियोगिताको उद्घाटन पानसमा दिप प्रज्वलन गरी बिहिबार गरे ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्नु खुशीको कुरा भएको बताउदै प्राथमिकता अनुसार यो खेलको विकास पनि हुनु आवश्यक भएको बताए ।


उनले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष विद्यालयस्तरीय खेल प्रतियोगिता संचालन गरी नगरभित्रका विद्यार्थी खेलाडीहरुलाई खेल जगतमा क्रियाशील बनाइरहेको बताए ।
उनले खेल शारिरिक, मानसिक विकासको निम्ति हुनुपर्नेमा जोड दिन्दै प्रमुख प्रजापतिले भनपाले नियमित रुपमा ६ वटा खेलकुदको प्रशिक्षण सञ्चालन गर्दै आएको र प्रशिक्षणले विद्यार्थीहरुको मनोबल बढाउन मद्दत पुर्याइरहेको बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल शिवजी श्रेष्ठले भलिबल खेलको प्रबद्र्धन गर्न विद्यालयले विद्यार्थीहरुलाई उत्साहित बनाउन यो खेल प्रतियोगिताको आयोजना गरेको बताए ।


कार्यक्रममा भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष चन्द्र अधिकारीले भक्तपुर शिक्षाको उत्कृष्ट गन्तब्यस्थलको रुपमा विकास भइरहेको बताउदै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइराख्नुपर्नेमा जोड दिए ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्माले खेलाडीको पहिचानले राष्ट्रको इज्जत बढाउन मद्दत पुग्ने बताउदै भलिबल राष्ट्रिय खेल भलिबलमा महिला भलिबल तालिमको विकास दिनप्रति दिन बढ्दै गएको जानकारी दिए ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम नारायण महतले भक्तपुर जिल्लामा शैक्षिक गुणस्तरको हिसाबमा अगाडि रहेको र सरकारी विद्यालय पनि निजी विद्यालयको तुलनामा अगाडि रहेको अवगत गराए ।
कार्यक्रममा शिक्षिका शर्मिला चौगुठीले पनि बोलेको थियो भने प्रमुख अतिथि प्रजापतिले रेफ्रि बलराम न्हिसुतुलाई बल हस्तान्तरण गरी खेलको औपचारिक उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *