यस वर्ष एसईई नहुने मन्त्रिपरिषद्को निर्णय

विशेष समाचार शिक्षा समाचार
वर्षा खत्री
भक्तपुर, २९ जेठ
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई ) यस वर्ष नगर्ने निर्णय गरेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म हुने तय भएपनि परीक्षा एकदिन अगाडि मात्र सरकारले रोक्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस महामारीका कारण स्थगित एसइई विद्यालयद्धारा गरिएको आन्तरिक मूल्याकंनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । यस सम्बन्धी थप विवरण सम्बन्धित निकायहरुले उचित समयमा उपलब्ध गराउने छन् ।

सार्वजनिक विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीमा परेको असर र कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत ध्यानमा राखी यो वर्ष एसईईको परीक्षा नगरिएको एक मन्त्रीले बताए ।

उनकाअनुसार अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र  त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *