स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि केएमसी अस्पतालको सबै सेवा बन्द

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २१ जेठ

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा स्वास्थ्यकर्मी र बिरामीलाई कोरोना देखिएपछि अस्पतालको सबै सेवा बन्द भएका छन्।

अस्पतालमा उपचारका लागि गएका दुई जना बिरामी र स्वास्थ्यकर्मीमा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो। अस्पतालबाट दिइने आकस्मिक लगायत सबै विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले हाल सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको हो।

बिरामी र स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमणको जोखिम हुने भएकाले हाल अस्पतालको सेवा बन्द गर्न बाध्य भएको अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. मुकुन्द राज जोशीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *