जेठ १७ गते शनिवारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १७ जेठ

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र मनोबल उच्च रहनेछ

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघी बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाईनेछ

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज यात्रा नगरेकै जाती हुन्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचारपनि सुन्न पाइएला ।

– ज्यो.प. नारायणप्रसाद दुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *