भक्तपुर बचतका ज्येष्ठ नागरिक शेयर सदस्यको भ्रमण सम्पन्न

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

भक्तपुर, १६ पुस


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा खेलकूद उपसमितिको आयोजनामा संस्थाका ज्येष्ठ नागरिक शेयर सदस्यको दुई दिने भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ ।
भ्रमणका क्रममा पहिलो दिन पुस १४ गते देवघाटमा दर्शन गरेर पुस १६ गते मनकामना दर्शन गरी फर्केका थिए । जम्मा ५० जना तिर्थालुको उपस्थिति रहेको उक्त भ्रमणमा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ गाडीभाडा उठाएका थिए । बाँकी अन्य खाने बस्नेलगायतका संस्था आफै व्यहोरेको थियो ।


ज्येष्ठ नागरिकको इच्छाअनुसार छोराछोरीले कहिँकतै नलग्दा बुढाबूढीहरु त्यत्तिकै थलिने हुँदा यस संस्थाले ज्येष्ठ नागरिक शेयर सदस्यका लागि सम्मानस्वरुप यस्तो कार्यक्रम राखेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *