२४ घण्टामा २८५६ जनाको पिसिआरबाट कोरोना परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४८ हजार ८ सय १५ जनाको पिसिआर र ९० हजार २६ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

आइतबार १९ जना नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ। जममध्ये ५ सय ४ पुरुष र ९९ जना महिला छन्। नुवाकोटमा संक्रमित भेटिएसँगै प्रभावित जिल्लाको संख्या ४२ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म ८७ जना उपचारपछि डिस्जार्च भएका छन्। मुलुकभर हाल ५ सय १३ जना आईसोलेसनमा छन् भने ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *