एक हप्ते उद्घोषण तालिमको समापन

समाचार

मध्यपुर, १० कात्तिक


महिला समूह, दिगुटोलको आयोजनामा यही असोज २५ गतेदेखि भएको एक हप्ते उद्घोषण तालिमको बुधवार एक कार्यक्रमका साथ समापन भएको छ ।
जम्मा २१ जना प्रशिक्षार्थी महिलाहरु रहेको उक्त तालिममा रबीन्द्रप्रसाद कुसीले प्रशिक्षण दिएको थियो । कार्यक्रमलाई बिजनेश लिंक नयाँ थिमी, शंखधर चोकले प्रायोजन गरेको हो भने प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि धनकृष्ण प्रजापतिले प्रमाणपत्र वितरण गरेको थियो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष रामलक्ष्मी प्रजापति, संयोजक रत्नशोभा प्रजापतिलगायतले तालिमको महत्वमाथि प्रकाश पारेका थिए । साथै यस समूहबाट विभिन्न सृजनशील महिला उद्यमशिलताका तालिमहरु दिँदै जाने आयोजकले बताइएको छ ।