१५ हजार ८ सय ७७ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

शुक्रबार २७ हजार ५३ जना सक्रिय संक्रमितमध्ये १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १० हजार ५ सय १२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  २ हजार २४, प्रदेश २ मा ५ सय ३, प्रदेश ५ मा १ हजार ४ सय १३, सुदूरपश्चिम प्रदेशमा ४ सय ९६, गण्डकी प्रदेशमा ५६५ र कर्णाली प्रदेशमा ३६४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *