बिहीबार ४ बजे बजेट भाषण शुरु हुने, ३:४५ बजेअगावै संसदमा उपस्थित भइसक्नुपर्ने

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौ‌, १४ जेठ

आगामी आर्थिक वर्ष २०७७/७८ को राजस्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *