फेरि बढ्दै कोरोना संक्रमण, एकै दिन १७७ थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडौं, २८ असार

पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४१ जना संक्रमितहरु निको भएका छन्। हाल नेपालमा ८ सय ७३ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *