भक्तपुर ५ बैशाख
पोखरामा मनाइने एकमात्र खत जात्रा, बिस्काः जात्रा लोप हुने अवस्थामा पुग्न लागेको छ। झन्दै ३०० वर्ष अगाडी नेपाः उपत्यकाबाट विशेष गरी ख्वप (भक्तपुर) तथा विभिन्न स्थानहरूबाट पोखरा बजार (पुरानो पोखरा) स्थापना गरेका नेवाःहरूले आफ्नो परम्परा तथा संस्कृतिलाई स्थानानुसार स्थानीयकरण गर्दै निरन्तरता दिँदै आएका छन्। बिस्काः जात्राका बखत खत बनाएर जात्रा गर्ने गर्दै आएका छन्। ३०० पोखरा बजार स्थापना गरी बसिरहेका नेवाःहरूले गं प्याखं (भैरव नाच) लगायत अन्य परम्पराहरूलाई निरन्तरता दिँदै आएका छन् भने बिस्काः जात्राको परम्परा लोप हुने अवस्था रहेको बताएका छन् ।