न्यूज अपडेट

वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना उपचाररत १८ जना डिस्चार्ज भएका छन्। कोरोना निको भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।
डा उपाध्यायका अनुसार १८ जना सबै एउटै परिवारका सदस्य हुन्। उनीहरु सबैको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।
डा उपाध्यायका अनुसार उनीहरु सबै अस्पताल नजिकै छपकैयाका हुन्। ज्ञड जनामा ७ जना महिला र अरु पुरुष रहेका छन्। उनीहरु वैशाख २१ गते अस्पताल भर्ना भएका थिए।
अस्पतालबाट यसअघि ९ जना डिस्चार्ज भएका थिए। हालसम्म अस्पतालबाट कोरोना उपचारपछि २७ जना डिस्चार्ज भइसकेका छन्।
नारायणीबाट आइतबार राती निको भएर डिस्चार्ज भएका १८ जना सहित नेपालमा कोरोना निको हुनेको संख्या १०५ पुगेको छ।
.jpg)