कोरियमा औधोगिक दुर्घटनामा पर्ने ८० प्रतिशत प्रवासी श्रमिक उत्पादन र निर्माण क्षेत्रमा कार्यरत

अन्तर्राष्ट्रिय समाचार

कोरियाको रोजगार तथा श्रम मन्त्रालयले दिएको गत ५ बर्षको औधोगिक दुर्घटना सम्बन्धि विवरण अनुसार २०१३ देखि २०१७ सम्म ३१ हजार १ सय ९ जना प्रवासी श्रमिकहरु औधोगिक दुर्घटनामा परेका थिए भने त्यस मध्ये ४ सय ७१ जनाको मृत्यु भएको थियो ।

44606552 276618916314201 7417437068839616512 n

उत्पादन र निर्माण क्षेत्रमा काम गर्ने प्रवासी श्रमिकहरु धेरै दुर्घटनामा पर्ने गरेको औधोगिक दुर्घटना विवरणमा उल्लेख छ २०१७ मा औधोगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकको संख्या (काम गर्दा दुर्घटनामा पर्ने र रोगलागि मृत्यु हुनेहरु लगायत ) जम्मा ६ हजार ३ सय २ जना छ भने त्यसमध्ये मृत्यु हुनेको संख्या १०७ जना छ ।

koriya22

यो सख्या मध्ये उत्पादन क्षेत्रमा काम गर्ने प्रवासी श्रमिकको संख्या (दुर्घटनामा पर्ने )३ हजार ६५ जना छ । त्यस मध्ये मृत्यु हुनेको संख्या ४२ जना छ त्यस्तै निर्माण क्षेत्रमा काम गरि दुर्घटनामा पर्ने प्रवासी श्रमिकको संख्या १ हजार ९ सय ४७ जना छ जसमध्ये मृत्यु हुनेको संख्या ५१ जना छ यो संख्या औधोगिक दुर्घटनामा पर्ने सम्पूर्ण प्रवासी श्रमिकको संख्याको ६९.६ प्रतिसत हो मृत्यु हुनेहरुको मात्र संख्या हेर्नेहो भने ८६.९ प्रतिसत हुन आउनेछ ।

गत ५ बर्षमा धेरै औधोगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकहरु उत्पादन र निर्माण क्षेत्रमा काम गर्नेहरु पर्दछन २०१३ मा उत्पादन क्षेत्रमा काम गर्ने प्रवासी श्रमिकहरु औधोगिक दुर्घटनामा पर्नेहरुको जम्मा संख्या ३ हजार ५ सय ४१ जना छ भने त्यस मध्ये मृत्यु हुनेको संख्या ४५ जना छ ।

२०१४ मा औधोगिक दुर्घटनामा पर्नेहरुको संख्या ३ हजार ६ सय ३ जना छ मृत्यु हुनेको संख्या ३९ जना छ २०१५ मा औधोगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकको संख्या ३ हजार ५ सय ५४ जना छ ,यसमध्ये मृत्यु हुनेको संख्या ४१ जना छ ।२०१६ मा औधोगिक दुर्घटनामा पर्नेको संख्या ३ हजार ४ सय ९९ जना छ ,यो मध्ये मृत्यु हुनेको संख्या ३८ जना छ ।

२०१७ मा औधोगिक दुर्घटनामा पर्नेको संख्या ३ हजार ७५ जना छ भने मृत्यु हुनेको संख्या ४२ जना छ गत ५ बर्षमा प्रत्यक वर्ष ३ हजार भन्दा बढी प्रवासी श्रमिक औधोगिक दुर्घटनामा पर्ने गरेको विवरणले बताउछ ।

निर्माण क्षेत्रमा काम गर्ने प्रवासी श्रमिकहरु २०१३ मा औधोगिक दुर्घटनामा पर्नेहरुको संख्या १ हजार १ सय ३४ जना छ ,जस मध्ये ३१ जनाको मृत्यु भएको छ २०१४ मा १ हजार ३ सय ४९ जना छ भने मृत्यु हुनेको संख्या ३५ जना छ २०१५ मा १ हजार ७ सय ५० जना छ भने मृत्यु हुनेको संख्या ५३ जना छ . २०१६ मा औधोगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकको संख्या १ हजार ९ सय ८७ जना छ यस मध्ये मृत्यु हुनेको संख्या ४० जना छ . २०१७ मा १ हजार ९ सय ४७ जना छ भने मृत्यु हुनेको संख्या ५१ जना छ . प्रवासी श्रमिकको औधोगिक दुर्घटनाको प्रकृतिलाई हेर्नेको भने च्यापिएर ,झरेर ,लडेर ,काटिएर ,घोचिएर सामानले लागेर हुने घटना मुख्य छन् ।

२०१३ मा च्यापिएर औधोगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकको संख्या २ हजार ९८ जना छ । २०१४ मा २ हजार १ सय ३१ जना २०१५ मा २ हजार ९८ जना २०१६ मा १ हजार ९ सय ३ जना छन । माथिबाट झरेर दुर्घटनामा पर्नेहरुको संख्या २०१३ मा ६ सय ५६ जना ,२०१४ मा ७ सय ४४ जना ,२०१५ मा ८ सय २८ जना २०१६ मा ९ सय ५४ जना र २०१७ मा ८ सय ६९ जना छ ।

गत ५ बर्षको अवधिमा सामानले मेसिनले काटिएर घोचेर औधोगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकको संख्या ५ हजार ५ सय ९ जना छ ।लडेर दुर्घटनामा पर्नेको संख्या ३ हजार ३ सय ४८ जना सामानले लागेर दुर्घटनामा पर्नेहरुको संख्या ३ हजार २ सय २९ जना छ ।ठोक्किएर दुर्घटनामा पर्नेको संख्या २ हजार २ सय ८३ जना बिस्फोट भएर दुर्घटनामा पर्नेहरुको संख्या १ सय ६ जना छ भने आगलागीबाट औधोगिक दुर्घटनामा पर्ने प्रवासी मजदुरको संख्या १सय ५३ जना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *