चीनमा पहिलो पटक नयाँ कोरोना संक्रमित फेला परेन

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ११ जेठ

चीनमा पहिलो पटक नयाँ कोरोना संक्रमित फेला परेन

शुक्रबार (मे २२ मा) चीनमा कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन् । गत वर्ष ऊहानबाट महामारी सुरु भए यता चीनमा थप नयाँ संक्रमित फेला नपरेको यो पहिलो अवसर हो ।
राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शनिबार एक वक्तव्य जारी गर्दै बिहीबार ४ नयाँ संक्रमित भेटिए पनि शुक्रबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको जनाएको हो । यद्यपि, दुई शंकास्पद केसहरु भने फेला परेका छन् । यसमा एक सांघाईमा बाहिरबाट आएका र उत्तरपूर्वी जिलिन प्रान्तमा स्थानीय स्तरमा सम्भावित संक्रमित रहेका छन् ।
लक्षण नभएकाहरु पनि अघिल्लो दिनको तुलनामा ३५ बाट २८ मा झरेको एनएचसीले जनाएको छ । गत मार्च यता चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । देशभर लागू गरिएको लकडाउनले चीनलाई भाइरसको संक्रमण नियन्त्रण गर्न सहज बनेको थियो ।
तर, पछिल्लो समय बाहिरबाट आएकाहरुमा भने चीनमा संक्रमण देखिएको छ । त्यस्तै, उत्तरपूर्वी जिलिन र हिइलोङजियाङ नयाँ क्लस्टरहरु फेला परेका थिए ।
हालसम्म देशमा भाइरसको संक्रमणबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । विश्वभर यसबाट ३ लाख ३५ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
स्रोत ː अलजजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *