मनमोहन कार्डियोथोरासिकका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर गर्ने तयारी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १० जेठ

करिब ४० जनालाई क्वारेन्टाइनमा राख्ने तयारी

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको पिसिआर परीक्षण हुने भएको छ।
मनमोहन अस्पतालको सिसियुमा भर्ना भएकी ती महिलाको सम्पर्कमा आएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पिसिआर परीक्षण हुने भएको हो।

कति जनाको र कहिले पिसिआर गर्ने भन्ने विषयमा त्रिवि शिक्षण अस्पतालको कोभिड-१९ व्यवस्थापन समितिमा छलफल भइरहेको छ। यद्यपि पिसिआर परीक्षण अहिले नै नभई केही दिनपछि मात्र गरिने मनमोहन कार्डियो थोरासिक भास्कुलरले जनाएको छ ।

बिरामीको सम्पर्कमा आएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी गरी ३० देखि ४० जनालाई क्वारेन्टाइनमा राख्ने तयारी भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार समितिले क्वारेन्टाइन स्थलको टुंगो लगाउनेछ ।

जेठ ४ गते भर्ना भएकी ती महिलाको पहिलो र दोस्रो दिनमा गरिएको आरडिटी परीक्षणमा भने कोरोना नेगेटिभ आएको थियो । अस्पताल भर्ना भएको दोस्रो दिनमा उनलाई ज्वरो आएपछि पिसिआर परीक्षण गरिएको अस्पतालका एक स्वास्थ्यकर्मीले जानकारी दिए ।

पिसिआर परीक्षणमा कोरोना पोजेटिभ या नेगेटिभ आएपनि दुई हप्तासम्म क्वारेन्टाइनमा बस्ने ती स्वास्थ्यकर्मीले बताए।  हाल ती महिलाको अवस्था सामान्य रहेको र सुधार भइरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *